बढी मोटाएको आरोपमा देश निकाला

गैर कानुनी रुपमा अर्को देशमा गएर बसेको तथा विभिन्न अपराध गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकहरुलाई देश निकाला गरिएका खबर त सुन्ने गरिएकै हो । तर एक जना अभागीले भने कुनै अपराध नगरिकनै विदेश छाड्नु परेको छ । विचरा ती अभागीका लागि आफु मोटाउनु नै उनले गरेको अपराध भयो ।

हो, बढि मोटो भएको आरोपमा एक दक्षिण अफि्रकी नागरिकलाई न्युजिल्याण्डले देश निकाला गरेको छ । ६ वर्षअघिदेखि न्युजिल्याण्डको क्राइस्टचर्च सहरमा बस्दै आएका अल्बर्ट बुटेनहुइसलाई न्युजिल्याण्ड सरकारले देश निकाला गर्ने निर्णय गरेको हो ।

१३० किलो तौल भएका अल्बर्ट आफ्नो देशमा बस्नका लागि योग्य नभएको निष्कर्ष न्युजिल्याण्ड सरकारको छ । सन् २००७ मा श्रीमती सहित न्युजिल्याण्ड आएका अल्बर्टको तौल सुरुमा १६० किलो थियो । उनले यो ६ वर्षमा आफ्नो तौल घटाएर १३० किलोमा झारेका थिए । तरपनि त्यो घटाएको तौल उनलाई न्युजिल्याण्डमा बस्न दिनका लागि पर्याप्त भएन ।

वर्किङ भिषामा न्युजिल्याण्डमा काम गर्दै आएका अल्बर्टले होटलमा खाना पकाउने काम गर्दै आएका थिए । ५ वर्षसम्म उनको भिषा नविकरण गर्न उनको वजनले छेकेन तर गत मे मा उनीहरु भिषा नविकरणका लागि अध्यागमन विभागमा जाँदा त्यहाँका अधिकारीहरुले अल्बर्ट बढि मोटो भएको भन्दै उनको भिषा नविकरण गर्न नसकिने बताए ।

१६० किलो तौलको हुँदा भिषा पाएका अल्बर्टले अहिले ३० किलो तौल घटेको बेला भिषा नविकरण नहुनु र देश निकालामा पर्न बाध्य हुनु निकै आश्चर्यको कुरा भएको उनी श्रीमती बताउँछिन् । त्यसैले उनीहरुले अध्यागमन विभागको यस्तो निर्णय विरुद्द न्युजिल्याण्डको आप्रवासन मन्त्रालयमा अपिल गरेका छन् । अध्यागमन अधिकारीहरुका अनुसार उनको तौल बढि हुँदा त्यसले उनको स्वास्थ्य उपचारको खर्च बढ्ने र त्यसको भार न्युजिल्याण्ड सरकारमाथि पर्ने भएकाले उनको भिषा नविकरण नगरिएको हो ।

स्मरण रहोस् न्युजिल्याण्ड सबैभन्दा बढि मोटोपनाको दर रहेको विश्वको विकशित मुलुकमध्येको एक हो । जहाँ सयमा ३० जना मानिस मोटोपनाबाट पीडित छन् ।
- अनलाइनखबर

आजको राशीफल (१ अगष्ट २०१३)

संसार भुली आ'को छु म हेर, तिम्लाई आफ्नै मन मुटु सम्झेर ...शरणै पर्छु मायाको

राजनीति : नेपाली फ्लिम ट्रेलर

पोर्तुगलमा नेपाली गतिविधि (३१ जुलाई २०१३)

नेपाली लोक गीत टेलिभिजन : लाइभ प्रशारण



AlJazeera English Online Television

एनटीभी प्लस : लाइभ प्रशारण

नेपाल टेलिभिजन : लाइभ प्रशारण





दुलहा दुलहीको पहिलो रात : एउटा जोडीको कथा

दुलहीको मुटुमा ढुकढुकी बढीरहेको थियो । दुलहा कोठामा पस्यो । ढोका बन्द गर्‍यो । चुक्कुल लगायो ।

दुलहीको मन ढक्क फुल्यो । दुलहाले झ्याल बन्द गर्‍यो । बत्ती पनि निभायो ।

दुलहा खाटमा आयो । दुलहीतिर नजिकिदै मुन्टो तानेर बिस्तारै भन्यो : 'एउटा कुरा देखाउँ ?'

दुलही मुस्कुराउँदै मुन्टो हल्लाएर हुन्छ भनिन् । दुलहाले सिरक खोल्यो र दुवैलाई गर्लम्म छोप्यो ।


दुलहा दुलहीसँग टाँसियो । कानेखुशी गर्दै खुसुक्क भन्यो : 'हेर त, ससुराले दिनुभएको बत्ती बल्ने घडी !'

दुलहीले भनिन् : 'छ्या ! कस्तो केटाकेटीजस्तो कुरा गर्नुभा'को !'

दुलाहा : 'किन र ?'

दुलहीले थपिन् : 'मैले त अरु नै केही कुरा देखाउनु हुन्छ होला भन्ने सोचेकी !' …



----------x----------

हट र चर्चामा आइरहने नायिका जिया केसीसँग कुराकानी

नायिका रीमा अर्याल : हट फोटोशुट

नायिका नीता ढुङ्गानालाई फकाउनेको लस्कर

काठमाडौं । चलचित्र क्षेत्रमा कान्छी नायिका नीता ढुङ्गानाको पछिल्लो समय दिन प्रतिदिन चर्चामा चुलिदो छ । चलचित्र ‘नोटबुक’को ‘गाला रातै…’ गीतमा अभिनय पछि त उनका पछि लाग्नेको भिडनै लागेको छ ।

अचेल उनलाई चार कलाकारले पछ्याइ रहेका छन् । ति कलाकार हुन् कलाकार दीपकराज गिरी, शिबहरी पौडेल, जितु नेपाल, सीताराम कट्टेल । यी कलाकारले नीतालाई त्यसै पछ्याएका भने होइन् । चलचित्र ‘छ एकान छ’ अभिनयको सिलसिलामा उनलाई पछ्याएका हुन् ।

चलचित्रमा यी चार जना मुख्य चरित्रमा छन् । नायिकाको भूमिकामा नीता छिन् ।

दर्शकलाई कमेडी चलचित्र दिने उदेश्यले निर्माण गरिएको ‘छ एकान छ’ हाँस्य प्रधान चलचित्र हो । निर्मल शर्माको लगानीमा निर्मित यस चलचित्रलाई दिनेस डिसीले निर्देशन गरिरहेका हुन् । पाँच व्यवसायिक असफल चलचित्र बनाएका निर्मलले यस चलचित्रबाट आफूले ठूलो आश गरेका छन् ।

हाँस्य अभिनेत्री दीपा श्रीले यसमा सह–निर्देशन गरेकी छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बास्कोटा र राजन ईशानको संगीत छ । द्वन्द्व एनबी महर्जनले दिएका हुन् ।
- सौर्य दैनिक

वक्षस्थलबारेका केही रोचक तथ्य (फोटो फिचरसहित)


भनिन्छ महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । यसले महिलाको सुन्दरतामा समेत भारी वृद्धि गरेको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकसित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :

विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।


अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।

रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।

यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।

ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला
वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।

स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।

स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको  स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।
- अनलाइनखबर

कत्लाले ढाकिएका ‘माछे केटा’ को दुखद कथा (तस्वीरसहित)

मान्छेलाई रोग पनि के-के लाग्छ कुन्नि ? विचरा चीनका एक ८ वर्षीय बालकलाई निकै अनौठो तथा पार पाउनै गाह्रो रोग लागेको छ, जसका कारण उनको रातको निद र दिनको चैन गुमेको छ ।

यी बच्चाको नाम हो पेन झियांगहेंग । यी बच्चाको जिउभरी नै माछाको जस्तो कत्ला आएका छन् । जिउभरी कत्ला आएपछि उनको नाम नै माछे केटो रहन गएको छ । यो रोग उनको जन्मजात रोग हो । तथापि उमेर बढ्दै जाँदा उनको छालामा कत्ला बढ्दै गएको छ ।

जिउमा कत्ला आउने यो समस्या आनुवंशिक समस्या हो जसलाई इक्टायोसिस भनिन्छ । विशेषज्ञहरुका अनुसार यो रोगको उपचार सम्भव छैन र उनले यसको पीडा जिन्दगीभरी नै सहनुपर्नेछ । जुन पीडा सहनु निकै मुस्किल हुनेछ । 


उनको छाला निकै चिलाउँछ, दुख्छ । जसका कारण उनले सबै समय कन्याएर बस्नुपर्छ । ती बच्चाकी आमाले आफ्नो छोरा अरु जस्तै खेल्न चाहने, स्कुल जान चाहने तर त्यो अनौठो रोग तगारो बनेको बताउँछिन् । स्मरण रहोस् चीनको सेगोन अस्पतालमा यस्तो रोगबाट पीडित मान्छेहरुका लागि विशेष वार्ड नै छुट्टाइएको छ ।
- अनलाइनखबर

जिउ छेड्नेहरुको चर्तिकला (फोटोफिचर सहित)

विश्व अनेकथरी मान्छेको चिडियाघर नै हो भन्दा फरक पर्दैन । यहाँ विभिन्न रितिरिवाज, चालचलन, धर्म संस्कृति तथा इच्छा र शोख भएका मान्छेहरु बस्छन् । विभिन्न आदिवासीहरुका संस्कार अनौठा खालका हुन्छन् र आङै सिरिंग पार्ने खालका पनि हुन्छन् । कतिपय मान्छे भने एक्लै कीर्तिमान राख्ने दाउमा विभिन्न थरी उटपट्यांग गरिरहेका हुन्छन् ।

अंग छेदन गर्ने तथा सरीरका विभिन्न भागमा प्वाल पार्ने र काट्ने संस्कार पनि विभिन्न समुदायमा हुन्छ । धर्म र परम्पराको नाममा पनि त्यसरी अंग छेदन गरिन्छ त कतिपयले लहडबाजी र किर्तिमानका लागि त्यसो गरेका हुन्छन् । हामीले यहाँ विश्वका केही अनौठा मानिसहरुका तस्वीर प्रस्तुत गरेका छौँ जसले आफ्नेा जिउका विभिन्न भाग छेँडेको देख्दा आङै सिरिंग हुन्छ ।




 
- अनलाइनखबर

पाइन्टमै आची गरेपछि जेलको बास !

मान्छेले दिसा गर्छ, अझ गर्नैपर्छ । तर कहिलेकाहीँ यो दिसा यति महंगो भैदिन्छ की जेलको हावा समेत खुवाउँछ । अमेरिकाका एक व्यक्तिले आफ्नो पाइन्टमा एक्कासी आची गरेपछि एक हप्तासम्म जेलको हावा खानु परेको छ । आफ्नै पाइन्टमा आची गर्यो तर उसलाई नै हानी हो । आखिर किन जेलमा कोच्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । तर कथा अर्कै छ ।

समाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् ।

पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो ।

समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए ।

सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए ।

तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।
- अनलाइनखबर

आजको राशीफल (३० जुलाई २०१३)

हाँस्य टेलिश्रृङ्खला जिरे खुर्सानी (२९ जुलाई २०१३)

उकाली ओराली दोहोरी (२९ जुलाई २०१३)

यो परदेशीको कथा सुनेर कति रोलिन् मेरी माया

यो परदेशीको कथा सुनेर कति रोलिन् मेरी माया, बर्बर आँशु झारेर मुटु गाँठो पारेर मुर्छा होली मेरी माया

झगडा परेपछि सडकमा नाङ्गै

चीन । प्रेमी–प्रेमीका या दम्पतिबीच झगडा हुँदा बढीमा हानाहान, कुटाकुट, मुख छाडाछाड हुन्छ । त्यो भन्दा पनि धेरै भए, बिबाहितको डिभोर्स होला, प्रेममा भए ब्रेकअप होला ।

रिसको आवेगमा एकले अर्कालाई पिट्दा घाइते नै होलान । तर, उनीहरु झगडा गर्दाका बीच सडकमा निवस्त्र हुन्छन् र रिस शान्त भएपछि केही नभएझै गरी अंगालो हालेर अघि बढ्छन् भन्ने कुरा पत्याउन मुश्किल पर्छ ।

अपत्यारिलो लागे पनि चीनको एक शहरमा एकजोडी बीच यस्तै भएको छ ।

घटना चीनको गुआन्गडान्ग प्रान्तको डानग्गुआन शहरको हो । सडकमा हिडिरहेका मान्छेहरु आफ्नो अगाडि निवस्त्र युवक र युवती देख्दा चकित मात्र परेनन्, लाजले भुतुक्क पनि भए ।

सडकमा एक जोडीले यस्तै हर्कत देखाए । त्यो जोडी सडकमा बहस गरिरहेको थियो । बिस्तारै उनीहरुको स्वर चर्कदै गयो । रिसको आवेगमा पहिला युवकले आफ्ना सबै कपडा खोलेर सडकमा फाले ।

प्रेमीले कपडा खोलेको देखेर प्रेमीकाले पनि फटाफट आफ्ना सबै कपडा खोलेर निवस्त्र भइन अनि बीच सडकमा हिडिन् । यो घटनाको प्रत्यक्षदर्शी जियान डाउले आफ्नो मोबाइलको क्यामेरामा उनीहरुको निवस्त्र तस्विर कैद गर्न भ्याइहाले ।

जिआनका अनुसार नाङ्गै भएपछि । उनीहरु यात्रु तथा ट्राफिकको वेवास्ता गर्दै सडकमा कुदेका थिए । उनीहरुलाई देख्ने यात्रुहरु उनीहरुबीच के भएको हो भन्नेमा अनभिज्ञ थिए ।

रिस शान्त भएपछि प्रेमीले कपडा लगाएका थिए । युवती भने नाङ्गै थिइन् । पछि, प्रेमीको सर्टले आफनो शरीरको केही भाग ढाकेर अंगालो हाल्दै अघि बढिन् । कुरा मिलीसकेपछि पनि ती युवतीले कपडा किन लगाइनन् भन्ने कुरा भने रहस्यमै रहन पुग्यो । 
(फाईल तस्विर\एजेन्सी)

लेडी गागा निर्वस्त्र

अमेरिकन गायिका लेडी गागाले निर्वस्त्र तस्बिर सार्वजनिक गरेकी छन्। उनको नयाँ गीति एलब्म आर्टपपका लागि उनले नयाँ तस्बिर सार्वजनिक गरेकी हुन् । 

उनले ट्विटरबाट तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, 'आर्टपप अगस्ट १९ मा आउँदैछ। त्यसका लागि २४ दिनमात्र बाँकी छ।' उनले पछिल्लो छ महिनापछि ट्विट गरेकी हुन्। 

२७ वर्षीया गागाको एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनको नाक छेडेको देखाइएको छ। उनले 'द फेम, जस्ट डान्स, पोकर फेस, द फेम मोन्सचर'लगायत छन्। उनले ब्याड रोमान्स, टेलिफोन, एलज्यान्ड्रोजस्ता हिट गीतसमेत गाएकी छन्।

लेडी गागा ३० वर्षमुनिका सेलिब्रेटीमध्ये सबैभन्दा धनी भएको अमेरिकन म्यागजिन फोर्ब्सले यसै साता जनाएको थियो।

आजको राशीफल (२९ जुलाई २०१३)

पोखराको रेडलाईट एरिया हो ‘बागलुङ बसपार्क !’

सुमन थापा । पोखराका विभिन्न स्थानमा यौनधन्दा हुने गरेका छन् । त्यसमा पनि बागलुङ नयाँ बसपार्कमा रहेको अघोषित ‘रेड लाईट एरियामा ’ खुल्लेआम यौन ब्यवसाय भैरहँदा समेत प्रहरी मुकदर्शक भएको छ । चौविसै घन्टा प्रहरी यही बाटो हुँदै ओहोरदोहोर गर्ने भएपनि देखे नदेखेको गर्न बाध्य भएको छ । प्रहरीका उच्च दर्जाका केही ब्यक्तिलाई सञ्चालकले रकम दिने गरेकाले प्रहरीले यस क्षेत्रमा चाँसो नदिएको स्थानीयको गुनासो छ ।

पोखरामा हुने यौनब्यवासयमा प्रहरीको मिलिमतो रहेको पोखरेलीहरुको आरोप छ । यौन ब्यवसाय चलाउने सञ्चालकहरुले प्रहरीलाई मोटो रकम बुझाउने गरेका कारण यो ब्यवसाय फस्टाउँदै गएको पनि उनीहरुको अरोप छ ।

जिल्लामा सरुवा भएर नयाँ आउने प्रहरी प्रमुखले केही समय प्रचारमा आउन यस्ता अनैतिक क्रियाकलाप विरुद्ध सक्रियता देखाउने गरेका पाईएपनि विस्तारै प्रहरी प्रमुखले अवैद्य यौनब्यवसाय प्रती आँखा बन्द गरिदिँदा यौनब्यवसायीहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।

बागलुङ बसपार्क वरिपरी रहेका दर्जन बढी होटल, लज रेष्टुरेण्टहरुमा यौन ब्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा मात्र सयौंको संख्यामा यौनकर्मी महिला रहेको विभिन्न संघसंस्थाको तथ्याङकमा उल्लेख छ । यौन प्यास मेट्न १६ वर्ष उमेर मुनिका देखि वृद्धसम्म आउने गरेको स्थानीयको भनाई छ । एकपटक यौन सम्पर्क राखेको तीन सय रुपैयाँ ग्राहकले तीर्ने गरेका छन् । ग्राहकले दिएको तीन सय रुपैयाँ मध्ये एक सय देखि डेढ सय रुपैयाँ मात्र यौनकर्मी महिलाले पाउने गरेका छन् । भने, अन्य रकम होटल सञ्चालकले लिने गरेका छन् ।

यस क्षेत्रमा चौविसै घण्टा यौनब्यवसाय सञ्चालन हुने गरेको स्थानीयले बताएका छन् । नाम चलेका ब्यापारीदेखि विभिन्न पेशा र ब्यवसायमा रहेका प्रतिष्ठित ब्यक्तिहरु समेत यौनकर्मी महिलाहरुसँग यौन सम्पर्क राख्दै आएको होटलका एक सञ्चालकले बताए । उनका अनुसार ती ब्यक्तिहरु यौनकर्मी महिला लिएर पोखरा बाहिर जाने गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय कास्कीले विगतमा भन्दा यौन क्रियाकलापमा कमी आएको दाबी गरेको छ । अवैध योनक्रियाकलाप रोक्नका लागि प्रहरीले अभियाननै चलाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सन्तोष खड्काले प्रहरीले पैसा खाएर यौनब्यवसाय सञ्चालन गर्न दिएको भन्ने आरोपमा कुनै तथ्य नभएको बताए । आरोपका लागि आरोप मात्र भएको खड्काको भनाई छ ।

मानिसले मानिसलाई गर्नुपर्छ माया, देशभन्दा मानवताको नाता हुन्छ ठूलो

पूजा : नेपाली फ्लिम (वृत्तचित्र)

Children of God - Nepali Documentary

रोमी घिमिरे : हट फोटोशुट

दुनियाँ : नेपाली कथानक चलचित्र


ज्युँदै बच्चालाई खाल्डो खनेर गाड्ने समुदायबारे सुन्नुभएको छ ?

आजको राशीफल (२८ जुलाई २०१३)

अस्पतालमा रहेकी गर्भवती महिलाले हिँड्दा हिंड्दै बाटोमा फुत्त बच्चा खसालिन्

सर्पले फुल पारेको देख्नु भएको छ ? सरीसृपले फुल पार्ने गर्छन्

सर्पले फुल पारेको देख्नु भएको छ ? घस्रेर हिड्ने जनावर (सरीसृप) हरु फुल पार्ने गर्छन् । सर्प पनि सरीसृप वर्गमा पर्दछ ।

काठमान्डू : नेपाली कथानक चलचित्र

कत्ति अचम्मको नाच ! कत्ति लचकदार शरीर भएकी युवती रहिछन् यिनी !!

नायिका सुमिना घिमिरे : हट फोटोशुट