हरिवंशले यसरी जोक्स सुनाएर हँसाए (भिडियोसहित)

चर्चित हास्यव्यंग्यकार हरिबंश आचार्यले शनिबार राजधानीमा आयोजित एउटा कार्यक्रममा जोक्स सुनाउनुभयो । किरण केसी (राता मकै) सँग सम्बन्धित ‘हास्य व्यंग्य हिजो, आज र भोलि’ विषयक छलफल कार्यक्रममा आचार्यले सुनाउनुभएका केही जोक्स :

आजको राशीफल (१८ अगष्ट २०१३)

मोडल बेइनिशा हमाल : हट फोटोशुट

मानव इतिहासमै सबैभन्दा धेरै उमेर बाँच्ने १२३ वर्षीय व्यक्ति कारमेलो


बोलिभियामा १२३ वर्ष उमेरका एक वृद्ध फेला परेका छन् । यदि उनको उमेर प्रमाणित भएमा उनी विश्वकै सबैभन्दा बढी उमेरको व्यक्तिको रुपमा गिनिज बुकमा अटाउनेछन् ।

बोलिभियाको ग्रामीण क्षेत्रमा बस्ने कारमेलो फ्लोरस नामका ती वृद्ध निरक्षर छन् र उनका सबै दाँत झरिसकेका छन् । उनलाई आफ्नो उमेर कति हो ठ्याक्कै याद छैन तर आफु त्यो इलाकामा एक शताब्दी देखि बस्दै आएको कुरा भने याद छ ।

कारमेलोको जन्मकुण्डलीमा समेत जन्मसाल सन् १८९० को जुलाई १६ तारेख लेखिएको छ । तर सन् १९४० अघि सम्म त्यहाँ सरकारी जन्मदर्ताको चलन नभएकाले सरकारी अड्डामा उनको जन्मको रेकर्ड हुने कुरा भएन । त्यहीँ कुण्डलीको आधारमा बोलिभियाको जन्म दर्ता अड्डाले उनको जन्म मिति १८९० जुलाई १६ भएको प्रमाणित गरेको छ ।


विश्वमा अहिले सबैभन्दा बढी उमेरको जीवित व्यक्तिको रुपमा जापानी महिला मिसाओ ओकावा छिन् । उनी ११५ वर्षकी छिन् । त्यस्तै इतिहासमै सबैभन्दा बढि बाँच्ने व्यक्ति फ्रान्सका जेन कालमेट हुन् । उनको १२२ वर्ष १६४ दिनमा सन् १९९७ मा निधन भएको थियो ।

तर यदि कारमेलोको उमेर गिनिज बुकले प्रमाणित गरेमा उनी संसारको अहिलेको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा मात्र होइन मानव इतिहासमै सबैभन्दा धेरै उमेर बाँच्ने व्यक्तिको रुपमा समेत नाम लेखाउन सफल हुनेछन् ।

– अनलाइनखबर/एजेन्सी

रेकर्ड ब्रेक गर्दै साहरुखको चेन्नाइ एक्सप्रेसले कमायो १५७ करोड

बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले पहिलो सातामा सबै रेकर्ड ब्रेक गर्दै नयाँ इतिहास रचेको छ । चलचित्रले बलिउड सिने नगरीमा यस अघि बनेका सबै रेकर्डलाई तोड्दै नयाँ इतिहास बनाएको हो ।

चलचित्रले एक सातामा १५७ करोडको व्यापार गरेको छ । चलचित्रले भारतको स्वतन्त्रता दिवसको दिनमा प्रदर्शनमा आएको अक्षय कुमारको नयाँ चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’को व्यापारलाई पनि उछिनेको छ । यो चलचित्रले बिहिबार ९ करोडको व्यापार गरेको छ भने ‘चेन्नाई एक्सप्रेस’ले १९.५ करोडको व्यापार गरेको छ । 

सलमान खान अभिनित ‘एक था टाइगर’ले एक सातामा गरेको १३५ करोडको व्यापारलाई समेत साहरुखले उछिनेका छन् । चलचित्रले सलमानका अघिल्ला सफल चलचित्र ‘बडीगार्ड’, ‘दबंग २’,‘रेडी’को लाइफ टाइम बीजनेशलाई समेत एक सातामै उछिनेको छ ।

दोश्रो सातामा समेत राम्रो व्यापारको छनक देखाएको यो चलचित्रले २ सय करोडको आँकडा छुने पक्का जस्तै देखिएको छ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ । 

चेन्नाई एक्सप्रेसले आफूलाई एक सातामै बलिउडमा प्रदर्शनमा आएका सफल चलचित्रको सुचिको चौथो स्थानमा उभ्याइसकेको छ । अब ४५ करोड कमाएको खण्डमा यसले थ्री इडियट्सले कमाएको २०२ करोडको सबैभन्दा ठूलो व्यापारको आँकडालाई पनि उछिन्ने छ ।
- अनलाइनखबर

हाँस्य कलाकार विल्सनविक्रम राईसँग कुराकानी : फिल्मी टिभी

Once Upon Ay Time in Mumbai Dobaara! : Hindi Movie (2013)



आजको राशीफल (१७ अगष्ट २०१३)

बद्री पङ्गेनी र कल्पनासँग रमाइलो कुराकानी : लभ एण्ड लाइफ (१६ अगष्ट २०१३)

मोडल आकाङ्क्षा गुरुङ : हट फोटोशुट

Mere Hindustan Ki Kasam : Hindi Film

आजको राशीफल (१६ अगष्ट २०१३)

Him Shikhar Television LIVE



Makalu Television LIVE



विश्वका अत्यन्त भाग्यमानी मान्छेहरु, भाग्यले लेखेर न यस्तो सम्भव हुन्छ !

प्रेमी प्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि (भिडियोसहित)

के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।

सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन् ।

फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै :

हाँस्य टेलिश्रृङ्खला तीतो सत्य (१५ अगष्ट २०१३)

नेपाली फ्लिम रावण हेर्नुस् है ! मौका नगुमाउनुहोस् !

दीपकराज गिरी र दीपाश्री निरौलाको हाँस्य प्रस्तुति .. कुछ कुछ होता है

सोच : कर्ण शाक्य

यो सुन्ने किताबका परिकल्पना/संयोजक रविन्द्र सिंह बानियाँ हुन्। आवाज लक्ष्मण शेष र राधिका बानियाँको हो। रेकर्डिस्ट विकास गुरुङ हुन् भने सम्पादन र मिक्सिङ विनायक अर्यालले गरेका हुन् ।

सोच सुन्ने किताब
नेपाल खत्तम छैन
सकारात्मक सोचको शक्ति
प्रजातन्त्रको पेन्डोराबक्स
घुमिफिरी रुम्जाटार
एकचोटी फर्केर त हेरौँ
वनबासतर्फ
टुँडिखेलदेखि केशरमहलसम्म

तीन घुम्ति - विश्वेश्वरप्रसाद कोइराला

कारागार - वानिरा गिरी

कारागार - वानिरा गिरी

  • १भाग
    २भाग
    ३भाग

    तरुनी खेती - सरुभक्त

    तरुनी खेती -सरुभक्त


  • १भाग
    २भाग
    ३भाग
    ४भाग
    ५भाग

    रोमियो र जुलिएट - शेक्सपियर

    रोमियो र जुलिएट - शेक्सपियर


  • सुम्निमा - विश्वेश्वरप्रसाद कोइराला

    सुम्निमा - विश्वेश्वरप्रसाद कोइराला


  • १भाग

    २भाग

    ३भाग

    ४भाग

    ५भाग

    ६भाग

    ७भाग

    ८भाग

    पल्पसा क्याफे - नारायण वाग्ले

    पल्पसा क्याफे - नारायण वाग्ले

  • १भाग
    २भाग
    ३भाग
    ४भाग
    ५भाग
    ६भाग
    ७भाग
    ८भाग

    स्व. मदनकुमार भण्डारीको अभिव्यक्ति अझै सान्दर्भिक

    विश्वेश्वरप्रसाद कोइरालाको आत्म वृतान्त

    शिरीषको फूल : पारिजात

    महिला पत्रकारलाई यौन दुर्व्यवहार

    दैलेख – स्थानीय पत्रिकामा कार्यरत एक महिला पत्रकारलाई टेलिफोनबाट नारायण नगरपालिका – ८ का दिवश थापाले अश्लिल शब्दहरु प्रयोग गरी गाली बेइज्जति गरेपछि प्रहरीले पक्राउ गरेको छ ।

    पीडित पत्रकार सन्ध्या थापा (नाम परिवर्तन) ले प्रहरीलाई अश्लिल यौनजन्य शब्दहरु टेलिफोनबाट प्रयोग गरेको भन्दै निवेदन दिएपछि बुधवार पक्राउ कानुनी दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    पीडितको निवेदन र टेलिफोन रेकर्डको आधारमा अश्लिल शब्द प्रयोग गरेका थापालाई नियन्त्रणमा लिईएको दैलेख प्रहरी प्रमुख डिएसपी प्रज्ज्वल महर्जनले बताए।
    - नागरिक

    ११ वर्षीय बालकलाई बलात्कार गर्ने महिला पक्राउ परिन्

    फ्लोरिडा (एजेन्सी), श्रावण ३१ - अमेरिकाको फ्लोरिडा राज्यको मेरियन काउन्टीस्थित आफ्नै अपार्टमेन्टका ११ वर्षे बालकलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    यसअघि अमेरिकाको डल्लासस्थित हिलक्रेस्ट हाई स्कुलमा अंग्रेजी विषयकी शिक्षिका २४ वर्षे लेस्ली एन सार्पले एक नाबालकसँग यौनसम्बन्ध कायम गर्दा प्रहरी कारबाहीमा पर्नुका साथै जागिरै गुमाएकी छन् ।  अमेरिकाको मेरियन काउन्टी प्रहरीका अनुसार बालकको परिवारजनको मित्र 'फ्यामिली फ्रेन्ड' बनेर ३५ वर्षे साराह बेथ होपकिन्सले आठ महिनादेखि यौन शोषण गर्दै आएकी थिइन् । उनले अबोध बालकलाई 'सेक्स टोय' बनाएको प्रहरीले जनाएको छ ।

    उनलाई यो आरोपमा पहिलोपटक सोमबार 'मेरियन काउन्टी कोर्ट' मा उपस्थित गराइएको थियो । उनलाई १० लाख डलरको जमानतमा मेरियन काउन्टी जेलबाट रिहा गरिए पनि यो गम्भीर मुद्दाको फैसला नहुन्जेल उनी देशबाहिर जान पाउने छैनन् । अहिले 'ग्रान्ड ज्युरी' समक्ष यो मुद्दा पुगेको छ । उनीमाथि बलात्कार र अप्राकृतिक यौनसम्बन्ध बनाएको लगायत २० आरोप लागेको छ । मुद्दाको पहिलो चरणमा यीमध्ये ५ आरोप तय भइसकेका छन् । पीडित बालकको उजुरीका आधारमा होपकिन्सलाई पक्राउ गरिएको प्रहरीले प्रस्ट पारेको छ । यसअघि बालकको आमा र ती महिलाबीच यो विषयमा मुखामुख भएको थियो । उनीहरू चाहिनेभन्दा बढी घनिष्ठता देखेपछि बालकको आमालाई शंका लागेको थियो । प्रहरीका अनुसार गत फेब्रुअरीमा सुरु भएको यो सम्बन्धमा होपकिन्सले उक्त अपार्टमेन्ट नछोडुन्जेल दुई साताअघिसम्म कायम थियो ।

     महिला भएकाले कसैले शंका नगर्ने हुनाले पीडित परिवारजनको विश्वासको उनले फाइदा उठाएको प्रहरीले बताएको छ । होपकिन्सकै भरमा परिवारजनले बालकलाई छाडेर जाने गरेका थिए । उनले पर्दा पछाडि आफ्नै बालकको भविष्यसँग खेलिरहेको अभिभावकले कल्पना पनि गरेका थिएनन् । ती बालकलाई डुलाउन लाने बहानामा उनले यो अकल्पनीय यौनअपराध गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    होपकिन्सले प्रहरी सोधपुछमा सहजै बालकसँग अनैतिक सम्बन्ध बनाएको सहजै स्वीकारिन् । उनले ती बालकको पनि स्वीकृति भएको दाबी गरिन् । उनले उपहारको प्रलोभन र डरत्रास नदेखाई बालकसँग सम्बन्ध बनाएको प्रहरी बयानमा बताएकी छन् । सहमतिमै भए पनि कानुनमा कम उमेरकासँगको यौनसम्बन्ध बलात्कार नै ठहरिन्छ ।

    यौन दुव्र्यवहारका विशेषज्ञहरूले लोकलाज र देखावटी सम्मानका कारणले यस्तो घटना सार्वजनिक नहुने गरे पनि समाजमा सामान्य ढंगले हुने गरेको बताउँछन् । विशेषज्ञ डा. इरिन हर्लीका अनुसार ६० प्रतिशत घटनामा परिवारजनलाई यसबारे जानकारी हुने गर्छ । कम जोखिम हुने, कसैले शंका पनि नगर्ने र समाजमा असल मान्छेको छवि पनि कायम रहिरहने हुनाले महिलाहरूले पनि नाबाकलाई यौन शोषणको सिकार बनाउने गरेको उनको विश्लेषण छ । बालबालिकालाई विश्वासमा लिएर यस्ता यौन दुव्र्यवहारबारे अभिभावकले खुल्ला छलफल र कुराकानी गर्नुपर्ने विशेषज्ञ हर्लीको सुझाव छ । 

    जिस्काउछौं नि जहिले, खाली मिस्कल गरेरै सताउने भेट्ने हैंन कहिंले

    एकजना बेहुलीका ८० लोकन्ती (फोटोफिचर)

    बिहेको बेला बेहुलीलाई सहयोग गर्ने महिलालाई लोकन्ती भनिन्छ । यस्तो लोकन्ती बस्ने महिलामा हामीकहाँ सामान्यतया एकजना दिदी बहिनी, साथी वा कुनै पाकी आफन्त महिला हुन्छिन् । तर बेलायतकी एक जना महिलाको बिहेमा भने एक दुइ जना महिला होइन झण्डै ८० जना युवती लोकन्ती भए ।


    हारविचको एक स्कुलमा नृत्य शिक्षिकाको रुपमा रहेकी कटी डाल्बीलाई आफ्नो बिहेमा कसलाई लोकन्ती राख्ने ? भन्ने कुराले साँच्चीकै अप्ठेरोमा पार्यो । उनले आफ्ना विद्यार्थी छात्राहरुमध्ये कुनै एक जनालाई लोकन्ती राख्न चाहन्थिन् । तर कसलाई राख्ने ? कसलाई छाड्ने ? उनले कुनै निर्णय गर्न सकिनन् । अन्ततः उनले आफ्ना सबै ७४ जना विद्यार्थीलाई नै लोकन्ती बनाउने निधो गरिन् ।


    २६ वर्षकी कटीले ३७ वर्षका नोरमान गूच सँग बिहे गरिन्, झण्डै ८० जना लोकन्तीको धुइरो लगाएर । ७४ जना विद्यार्थी त हुँदै भए । कटीका तिनजना भाउजु, एकजना भतिजो तथा एकजना अर्की मिल्ने साथीले समेत लोकन्तीको भूमिका निर्वाह गरे । लगायतका पनि समावेश भए । सबै लोकन्तीहरुले गुलाबी लुगा लगाएका थिए । बिहे समारोहपछि उनीहरुले तस्वीर खिचाउँदा निकै मनमोहक देखियो । लोकन्ती बसेका उनका विद्यार्थीमध्ये कोही सानो उमेरका थिए भने कोही छिप्पिएका किशोरीहरु समेत थिए ।
    - अनलाइनखबर

    आजको राशीफल (१४ अगष्ट २०१३)

    मेरी बाँस्सै (१३ अगष्ट २०१३)

    शिक्षिकाले आफ्नै विद्यार्थीसँग सेक्स गर्दा आमाले रङ्गेहात भेटिन्

    श्रावण २९, एक जना शिक्षिकामाथि आफ्नै एक बिद्यार्थीका साथमा २५ पटक भन्दा धेरै पटक सेक्स गरेको आरोप लागेको छ । यी शिक्षिकाका बिरूद्धमा चाइल्ड पोर्नोग्राफीलाइ बढावा दिएको, सबूतहरूमाथि छेडछाड गरेको तथा झुटा बयान दिएकोमा मुद्दा दायर गरिएको छ । 

    यस घटनाको खुलासमा भएपछि स्कूल प्रशासनले आरोपी शिक्षिकालाइ स्कूलबाट निकालेको छ ।

    यो घटना अमेरिकाको टेक्सासको हो । २४  वर्षीय लेसली एन शार्प हाई स्कूलमा अग्रेजी पढाउथिन् । डलास काउन्टीमा ती शिक्षिकाको घरमा ती बिद्यार्थीकी आमाले लेसली र छोरालाइ स्वीमिङ पूलमा आपत्तिजनक अवस्‍थामा फेला पारेकी थिइन । त्यसपछि मात्र यस सेक्स स्‍क्याण्डलको पोल खुलेको थियो ।

    हफिङ्टन पोस्टका अनुसार प्रहरीले यस बर्षको मे र जुलाईमा लेसली र उनका १७  वर्षीय छात्रका बिचमा ११६ पटक भएको टेलीफोन कल, १७३ एमएमएस र १५३७१ म्यासेज गरेको जनाएको छ । लेसलीले ती बिद्यार्थीका साथमा २५ पटक भन्दा धेरै सेक्स गरेकी थिइन ।

    प्रहरीले बताए अनुसार यस घटनाको जांचका क्रममा लेसलीले केही फोटोग्राफहरू डिलीट गरेकी छन । लेसलीलाइ गत शुक्रवार २९,५०० डलर लिएर जमानतमा छोडिएको छ । 

    किशोर किशोरीका यौन जीवनसम्बन्धि केही रोचक तथ्य

    सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य बनिरहेको छ ।

    किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् :
    • भारतीय पेडियाड्रिसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय हुन्छन् । जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने गर्छन् ।
    •  
    • भारतका किशोर किशोरीहरु दिनमा १० घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा टि्वटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर बिताउने गर्छन् ।
    •  
    • इण्डिया टुडेले गरेको सर्भेक्षण अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । १५ प्रतिशत किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५ प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् ।
    •  
    • अर्को एक सर्भेक्षण अनुसार सयमा ९८ जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो ? तथा गर्भ निरोधक पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् ।
    •  
    • हरेक पाँच जनामा एक छात्र १६ वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । साथै ५० प्रतिशत किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई चुम्बन गरेको हुन्छ ।
    •  
    • एक अर्को सर्भेक्षण अनुसार भारतका विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा गरिएको अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२ प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो ।
    •  
    • इण्डिया टुडेको सर्भेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् ।
    •  
    • कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीहरु मध्ये अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् ।
    •  
    • सर्भेक्षणले अर्को के रोचक कुरा समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत हुन्छन् ।
    •  
    • ८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् । साथै ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत गर्दछन् ।
    •  
    • इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् ।
    - अनलाइनखबर 

    बिचरा बालक : जसको जिउमा आफै आगो दन्किन्छ

    आत्मदाह गर्दा मान्छेले आफ्नो जिउमा आफै आगो लगाएको त सुनिएकै हो । यसरी जिउमा आगो लगाउँदा आगोको श्रोतबाट आगो बालेर जिउमा झोँस्नुपर्छ । तर भारतमा एकजना यस्ता बच्चा छन् जसको जिउमा आफै आगो बल्छ ।

    भारतको तमिलनाडुमा रहेका तिन महिनाका राहुल नामका बालकमा यस्तो भयानक, दर्दनाक तथा अनौठो रोग छ । सुन्दै आङ सिरिंग हुने रोग हो त्यो । उनको सरीरबाट आफै आगोको ज्वाला निस्किन्छ र ह्वारह्वार्ती आगो बलेर आफैलाई जलाउन थाल्छ ।

    उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ । यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।

    अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर (एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ । जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।

    स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।
    - अनलाइनखबर