रेकर्ड ब्रेक गर्दै साहरुखको चेन्नाइ एक्सप्रेसले कमायो १५७ करोड

बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले पहिलो सातामा सबै रेकर्ड ब्रेक गर्दै नयाँ इतिहास रचेको छ । चलचित्रले बलिउड सिने नगरीमा यस अघि बनेका सबै रेकर्डलाई तोड्दै नयाँ इतिहास बनाएको हो ।

चलचित्रले एक सातामा १५७ करोडको व्यापार गरेको छ । चलचित्रले भारतको स्वतन्त्रता दिवसको दिनमा प्रदर्शनमा आएको अक्षय कुमारको नयाँ चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’को व्यापारलाई पनि उछिनेको छ । यो चलचित्रले बिहिबार ९ करोडको व्यापार गरेको छ भने ‘चेन्नाई एक्सप्रेस’ले १९.५ करोडको व्यापार गरेको छ । 

सलमान खान अभिनित ‘एक था टाइगर’ले एक सातामा गरेको १३५ करोडको व्यापारलाई समेत साहरुखले उछिनेका छन् । चलचित्रले सलमानका अघिल्ला सफल चलचित्र ‘बडीगार्ड’, ‘दबंग २’,‘रेडी’को लाइफ टाइम बीजनेशलाई समेत एक सातामै उछिनेको छ ।

दोश्रो सातामा समेत राम्रो व्यापारको छनक देखाएको यो चलचित्रले २ सय करोडको आँकडा छुने पक्का जस्तै देखिएको छ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ । 

चेन्नाई एक्सप्रेसले आफूलाई एक सातामै बलिउडमा प्रदर्शनमा आएका सफल चलचित्रको सुचिको चौथो स्थानमा उभ्याइसकेको छ । अब ४५ करोड कमाएको खण्डमा यसले थ्री इडियट्सले कमाएको २०२ करोडको सबैभन्दा ठूलो व्यापारको आँकडालाई पनि उछिन्ने छ ।
- अनलाइनखबर