दैलेख – स्थानीय पत्रिकामा कार्यरत एक महिला पत्रकारलाई टेलिफोनबाट नारायण नगरपालिका – ८ का दिवश थापाले अश्लिल शब्दहरु प्रयोग गरी गाली बेइज्जति गरेपछि प्रहरीले पक्राउ गरेको छ ।
पीडित पत्रकार सन्ध्या थापा (नाम परिवर्तन) ले प्रहरीलाई अश्लिल यौनजन्य शब्दहरु टेलिफोनबाट प्रयोग गरेको भन्दै निवेदन दिएपछि बुधवार पक्राउ कानुनी दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पीडितको निवेदन र टेलिफोन रेकर्डको आधारमा अश्लिल शब्द प्रयोग गरेका थापालाई नियन्त्रणमा लिईएको दैलेख प्रहरी प्रमुख डिएसपी प्रज्ज्वल महर्जनले बताए।
- नागरिक