लेडी गागा निर्वस्त्र

अमेरिकन गायिका लेडी गागाले निर्वस्त्र तस्बिर सार्वजनिक गरेकी छन्। उनको नयाँ गीति एलब्म आर्टपपका लागि उनले नयाँ तस्बिर सार्वजनिक गरेकी हुन् । 

उनले ट्विटरबाट तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, 'आर्टपप अगस्ट १९ मा आउँदैछ। त्यसका लागि २४ दिनमात्र बाँकी छ।' उनले पछिल्लो छ महिनापछि ट्विट गरेकी हुन्। 

२७ वर्षीया गागाको एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनको नाक छेडेको देखाइएको छ। उनले 'द फेम, जस्ट डान्स, पोकर फेस, द फेम मोन्सचर'लगायत छन्। उनले ब्याड रोमान्स, टेलिफोन, एलज्यान्ड्रोजस्ता हिट गीतसमेत गाएकी छन्।

लेडी गागा ३० वर्षमुनिका सेलिब्रेटीमध्ये सबैभन्दा धनी भएको अमेरिकन म्यागजिन फोर्ब्सले यसै साता जनाएको थियो।