कठिन र धेरै काम गर्ने पुरुषहरु सेक्सको मामलामा कमजोर हुने निष्कर्ष

जापानमा गरिएको एक ताजा अध्ययनमा कठिन र धेरै काम गर्ने पुरुष सेक्सको विषयमा कमजोर हुने निष्कर्ष निकालिएको छ ।

धेरै दिमागी,दबाबमा काम गर्ने पुरुषमा रातको समयमा इनर्जीको अभाव, डिप्रेसन हुने अध्ययनमा जनाइएको छ ।

युनिभर्सिटी अफ ओशाकाका वैज्ञानिकहरुले १८३ जना ३४ देखी ६७ वर्ष उमेरमा व्यक्तिमाहरुमा गरेको अध्ययनमा यो नतिजा प्राप्त भएको हो ।

अध्ययनमा उच्च दवाबमा काम गर्ने पुरुषको यौन इच्छामा नै व्यापक गिरावट देखिएको थियो । यो खोज युरोपियन साइन्स जनरलमा पनि प्रकाशित गरिएको छ ।

यस्तो नतिजा पछि विषेशज्ञहरुले परुषहुरुलाई चर्को दबाबमा काम नगर्न चेतावनी दिएका छन् ।