३३ वर्षकी एक बेलायती महिला लोग्ने र प्रेमिकासँग एउटै घरमा बस्छिन् । दुई सन्तानकी आमा मारिया बुत्ज्कीले ३७ वर्षका प्रेमी पालको निम्ति ३६ वर्षका लोग्ने पिटरलाई छाडिन् ।
पिटर नै १६ वर्षका लाउरा र १२ वर्षकी एमीका बाबु हुन् । तर, लोग्नेलाई छाडेको महिना दिन नबित्दै पिटरबाट अलग्गिएर बस्न नसक्ने महसुस गरिन् । दुई छोरीसँगको सल्लाह र अनुमतिपछि पिटरलाई पनि पूर्वी लन्डनको बर्किङस्थित घरमा बस्न बोलाइन् ।
यसरी पति-पत्नी र प्रेमी एउटै घरको छतमुनि बस्न थालेको तीन वर्ष भयो । पिटर सोफामा, पाल माथिल्लो तलाको कोठामा र मारिया छोरी लाउरासँग सुत्छिन् । मारियाले दुवैसँग शारीरिक सम्बन्ध राख्ने गरेकी छन् ।
यसरी पति-पत्नी र प्रेमी एउटै घरको छतमुनि बस्न थालेको तीन वर्ष भयो । पिटर सोफामा, पाल माथिल्लो तलाको कोठामा र मारिया छोरी लाउरासँग सुत्छिन् । मारियाले दुवैसँग शारीरिक सम्बन्ध राख्ने गरेकी छन् ।
उनी भन्छिन्- एकजना बाहिर हुँदा अर्कोसँग र अर्को घरमा नहुँदा अर्कोसँग सम्बन्ध राख्ने गरेकी छु । एकजनासँग एकदिन, अर्कोसँग अर्कोदिन सुत्छु । आश्चर्यको कुरो, पिटर र पाल पनि खुसी नै छन् । एकले अर्कोलाई इर्श्या नगरेको उनीहरु बताउँछन् ।
- जनआस्था