एजेन्सी । महिलाहरुलाई एउटा खुसीको खबर छ, बलात्कारबाट जोगाउन भारतका दुइ इन्जिनियरका छात्राहरुले एन्टी रेप अण्डरवेयर बनाएका छन्।
यो अण्डरवयर लगाइसकेपछि कसैले महिलाको बलात्कार गर्ने खोजेमा त्यो व्यक्तिलाई बिजुलीको झड्का लाग्नेछ । यस उपकरण जडित अण्डरवयरले प्रहरीलाई सन्देश समेत पठाउँछ । प्रहरीले पीडित महिलाको स्थान समेत थाहा पाउँछन् ।
भारतमा बढ्दै गएको बलात्कार घट्नाबाट प्रेरित भएर यस्तो आविष्कार गरेको दुई महिला विद्यार्थीले जनाएका छन् । उनिहरुको नाम मनिषा मोहन र रिमी त्रिपाठी रहेको छ ।
महिलालाई बलात्तकारबाट बचाउने यो एन्टी रेप अन्डरवेयरले ३८०० किलोवाट सम्मको झड्का ८२ पटक दिन सक्छ । यसका साथै पीडित महिलाको घर र प्रहरीलाई खतराको सन्देश पठाउन सक्छ । विशेष किसिमले बनाइएको यो अण्डरवयरमा स्तनको नजिक एउटा सेन्सर राखिएको हुन्छ । कसैले स्तनमाथि दबाब दिनेबितिकै यसले त्यो मानिसलाई जोडसँग झड्का दिन्छ ।
यसमा सन्देश पठाउनको लागि अण्डरवेयरमा ग्लोवल पोजिशनिङग सिस्टम (जिपिएस) को प्रयोग गरिएको हुन्छ ।
